नेपालगन्ज । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले महेन्द्र बहुमुखी बहुमुखी क्याम्पसको स्ववियू सभापतिमा केशर जंग शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

अनेरास्ववियु बाँके जिल्ला सह-सचिब र महेन्द्र बहुमुखी क्याम्पसका स्वबियु सदस्यसमेत रहेका केशरलाई संगठनको तर्फबाट अघि सार्ने निर्णय भएको अनेरास्ववियु केन्द्रिय सदस्य तथा बाँके जिल्ला ईन्चार्ज सुमन घिमिरे ले बताय ।
आउँदो चैत ५ लाई तय भएको स्ववियू निर्वाचनका लागि विद्यार्थी संग संगठनले धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् ।