एमाले बाँके शिक्षा विभागको आयोजनामा एसईई परीक्षा व्यवस्थापनबारे अन्तरक्रिया सम्पन्न

बाँके — BLE र SEE परीक्षा २०८१ लाई मर्यादित, व्यवस्थित, भयमुक्त र सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेकपा (एमाले) बाँके शिक्षा तथा मानव स्रोत विभागको आयोजनामा विशेष कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रम बिभाग प्रमुख श्री सूर्य रोकायको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य माननीय दिपा शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य श्रीमती बसन्ती अधिकारी, बैजनाथ गाउँपालिका उप–प्रमुख श्रीमती निर्मला रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी श्री खडानन्द खत्री, जिल्ला शिक्षा विकास समन्वय इकाई प्रमुख श्री धनसुदन चौलागाई, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख श्री तुलराज कार्की, एमाले बाँके सचिव श्री बलराम भट्टराई, पालिकाका शिक्षा शाखा प्रमुखहरू खगेन्द्र मल्ल ठाकुरी, ढकाल सर, लोकेन्द्र शाही, NNTA केन्द्रीय सदस्य बामदेव सुवेदी, शिक्षक महासंघ बाँके अध्यक्ष महेश शर्मा, NNTA बाँके अध्यक्ष बाबुराम अधिकारी, एन प्याब्सन बाँके अध्यक्ष किशोरराज मल्ल, प्रदेश सह–कोषाध्यक्ष कमलजी पाछैं, केन्द्रीय सचिव श्याम कुँवर, उप–महासचिव बामदेव न्यौपाने लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

गत वर्ष परीक्षा केन्द्रमा परेका विद्यालयका प्र.अ.हरू सन्ध्या गुप्ता, मोहन चौधरी, उषा कुमारी थापा, चक्र रावत, दिलिप श्रीवास्तवलगायत करिब ५५ जनाको सहभागितामा सम्पन्न कार्यक्रममा १२ बुँदे निष्कर्ष जारी गरिएको छ।

अन्तरक्रियामा बोल्दै प्रमुख अतिथि
संघीय सांसद तथा संघीय शिक्षा
समिति सदस्य दिपा शर्माले
बालबालिकाहरूलाई भय रहित
वातावरणमा परीक्षा दिने गरी
व्यवस्था गर्नुपर्छ बताइन्। शर्माले एसईई परीक्षामा सामेल हुने
विद्यार्थी तथा अभिभावकलाई
सम्बन्धित विद्यालय प्रशासनले
मनोपरामर्श सेवा दिन पहल गर्न
पर्ने समेत उल्लेख गरिन्।

कार्यक्रमले परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »