नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालगञ्जमा नयाँ क्रेटा EV सार्वजनिक गर्दै एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। २०८१ असार ९ गते नेपालगञ्जको पिस सिद्धार्थ कटेज, सुर्खेत रोडमा आयोजित कार्यक्रममा व्यापक जनसहभागिता र उत्साहजनक प्रतिक्रिया देखिएको थियो।

कार्यक्रमको आयोजना हुन्डाईको नेपालगञ्जस्थित आधिकारिक डिलर हिम इन्टरकन्टिनेन्टल प्रा.लि.ले गरेको हो। सो अवसरमा क्रेटा EV सहित अन्य नयाँ मोडलहरू पनि प्रदर्शनीमा राखिएका थिए। सहभागी ग्राहकहरूले हुन्डाईप्रतिको विश्वास र आकर्षण स्पष्ट रूपमा प्रकट गरेका थिए।

कार्यक्रममै ४ युनिट क्रेटा EV तुरुन्त बुकिङ हुनुका साथै ग्राहकलाई हस्तान्तरण पनि गरिएको थियो। यस उपलब्धिले नेपालगञ्ज लगायत आसपासका क्षेत्रमा विद्युतीय सवारी साधनप्रति बढ्दो चासो र विश्वास देखाएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार नयाँ क्रेटा EV को आगमनले विद्युतीय सवारीप्रतिको दुविधा हटाउँदै स्पष्ट निर्णय लिन सहयोग पुर्याउनेछ। ICE (पेट्रोल) मोडल र EV दुवै एउटै प्लेटफर्ममा आधारित भएकोले पार्ट्स, सेवा तथा ब्रान्ड सपोर्टमा समस्या नहुने स्पष्टिकरण दिइएको छ। साथै हुन्डाईले EV इकोसिस्टम विस्तार गर्न RE-Lax चार्जिङ नेटवर्क अन्तर्गत देशभर ६६ वटा DC तथा AC चार्जिङ स्टेसन सञ्चालनमा ल्याइसकेको जानकारी पनि दिइएको छ।

लक्ष्मी हुन्डाईका प्रतिनिधिहरूले विभिन्न सहरमा डिलरहरूसँगको प्रत्यक्ष भेटघाटमार्फत यो सन्देश फैलाउने अभियान सञ्चालन गरिरहेका छन्। सोही सिलसिलामा नेपालगञ्जमा आयोजित यो कार्यक्रमले EV प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको देखिन्छ।

कार्यक्रमको सफल आयोजनामा सहयोग पुर्याउने सम्पूर्ण सहभागीहरूप्रति कम्पनीले हार्दिक आभार व्यक्त गर्दै, स्वच्छ र स्मार्ट भविष्य निर्माणमा हुन्डाईको प्रतिवद्धता दोहोर्याएको छ। ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो बनाउँदै अगाडि बढ्ने अठोट पनि कम्पनीले जनाएको छ