सतप्रतिशत भोटसहित सिद्धार्थ कायस्थ Leo District Council 325 N नेपालका अध्यक्ष निर्वाचित

कोहलपुर – Leo District Council 325 N नेपालको महेन्द्रनगरमा सम्पन्न तेस्रो अधिवेशनबाट नेपालगन्जका सिद्धार्थ कायस्थ वर्ष २०२५/०२६ का लागि जिल्ला अध्यक्ष पदमा सतप्रतिशत भोटसहित निर्वाचित भएका छन्। उनी सतप्रतिशत भोट ल्याएर अध्यक्षमा निर्वाचित हुने पहिलो व्यक्ति हुन्।

कायस्थले पश्चिम नेपालका करिब २४ जिल्लालाई नेतृत्व गर्नेछन्। यसअघि पनि उनले लियो संस्थामा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका थिए। अधिवेशनले कैलालीकी कल्पना तिमिल्सिनालाई उपाध्यक्ष र बसन्त बस्नेतलाई सचिवमा निर्वाचित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »