वर्ल्डलिंकको नि:शुल्क इन्टरनेट र सहयोग रकमबाट टिकटकमार्फत उपचार खर्च जुटाइरहेका मानबहादुरलाई राहत

बाँके — मोटरसाइकल दुर्घटनापछि ह्वीलचियरमा सीमित जीवन बिताइरहेका बाँके बैजनाथ गाउँपालिका–१ चिसापानीका ३६ वर्षीय मानबहादुर बुढा अहिले टिकटकमार्फत आफ्नो उपचार खर्च जुटाउँदै आएका छन्।

२०७८ फागुन २२ गतेको सडक दुर्घटनापछि बुढा कम्मरभन्दा मुनिको भाग नचल्ने अवस्थामा पुगेका छन्। उक्त दुर्घटनामा उनका फुपुका छोरा ज्यान गुमाए भने बुढा भाग्यवश बाँचे पनि दुवै खुट्टा र हातको सहारा गुमाए। अहिले उनी परिवारकै सहयोगमा हिँडडुल गर्छन्।

५ र ११ वर्षका दुई छोरासहित श्रीमतीसँग बस्दै आएका बुढाको परिवार खेती र टिकटकबाट प्राप्त सहयोगमै निर्भर छ। उनले भने, “उपचारमा सम्पूर्ण सम्पत्ति खर्च भयो, घर बाहेक केही बाँकी छैन। टिकटकमार्फत मनकारीहरूले सानो–सानो सहयोग गर्दै आएका छन्।”

तर तीन महिनादेखि वाइफाइको बिल तिर्न नसक्दा उनको इन्टरनेट सेवा बन्द भएको थियो। यही बीचमा वर्ल्डलिंकको कस्टमर केयर टोली ‘घर–घरमा अभियान’ अन्तर्गत बुढाको घर पुगेपछि उनको अवस्था थाहा पाएर कम्पनीले एक वर्षको नि:शुल्क इन्टरनेट र २५ हजार रुपैयाँ नगद सहयोग गरेको हो।

वर्ल्डलिंक कोहलपुर क्षेत्रीय म्यानेजर अनुप मानन्धरका अनुसार, “मानबहादुर बुढा विगत सात वर्षदेखि हाम्रो ग्राहक हुनुहुन्छ। उहाँ जस्तो कठिन परिस्थितिमा रहेका प्रयोगकर्तालाई सहयोग गर्नु हाम्रो सामाजिक जिम्मेवारी पनि हो।”

फिजियोथेरापी र नियमित उपचारका लागि अझै पनि रकम अभाव झेलिरहेका बुढा अहिले पनि टिकटकमार्फत सन्देश पठाइरहेका छन् —
“सहयोग गर्न सक्नेहरूले साथ दिनुहोस्, म फेरि उभिन चाहन्छु।”उनी भन्छ्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »