लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१ कोहलपुरमा आजबाट शुरू

कोहलपुर, बाँके – लुम्बिनी प्रदेशको युवा सशक्तिकरणलाई लक्ष्य गरी लुम्बिनी युवा सम्मेलन एवं युथ फेस्टिभल २०८१ आजबाट कोहलपुरमा सुरू भएको छ। फाल्गुन १५ गतेदेखि १७ गतेसम्म चल्ने यो महोत्सव कोहलपुरको खुल्ला मञ्चमा भव्य रूपमा आयोजना गरिएको छ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश माननीय सन्जु कुमारी चौधरी ले गर्नुभयो। प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेश माननिय सन्जु कुमारी चौधरीले युवाहरूको भूमिका परिवर्तनशील समाज निर्माणमा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै कार्यक्रम सफलताको शुभकामना दिनुभयो।

यस विशेष अवसरमा विशिष्ट अतिथि लुम्बिनी प्रदेश माननीय बसन्ती अधिकारी , कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्य , अतिथी उप-मेयर संगीत पौडेल सुवेदी,नेकपा एमाले बाँके सचिब बलराम भट्टराई , विभिन्न वडाका जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, उद्योगी-व्यवसायी,बिधालयका , संघ सस्थाका प्रमुख ,प्रतिनिधिहरु समाजसेवी तथा विभिन्न युवा नेताहरू अतिथिका रूपमा सहभागी भएका थिए।

Oplus_131072

तीन दिनसम्म सञ्चालन हुने यस महोत्सवमा विभिन्न युवा विषयक संवाद, नेतृत्व विकास तालिम, उद्यमशीलता प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम तथा खेलकुद गतिविधिहरू समावेश गरिएका छन्। आयोजकका अनुसार २०,००० भन्दा बढी युवाहरू र २१८ जना प्रतिनिधिहरू को सहभागिता रहने अपेक्षा गरिएको छ।

महोत्सवका संयोजकले कार्यक्रममा युवाहरूलाई नेतृत्व, नवप्रवर्तन, उद्यमशीलता, वातावरण संरक्षण, डिजिटल प्रविधि तथा सामाजिक उत्तरदायित्वका विषयमा जानकारी गराउने लक्ष्य रहेको बताए।

कार्यक्रमको समापन फाल्गुन १७ गते गरिनेछ, जसमा विभिन्न युवा नवप्रवर्तनकर्ताहरू सम्मानित हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »