भेरी शीत भण्डार सहकारी संस्था कोहलपुरको १६औँ वार्षिक साधारण सभा मंसिर ४ गते हुँदै ।


कोहलपुर (बाँके) — बाँके जिल्लाको अग्रणी सहकारी संस्था भेरी शीत भण्डार सहकारी संस्था लिमिटेडले आफ्नो १६औँ वार्षिक साधारण सभा आगामी मंसिर ४ गते (बिहीबार)का दिन आयोजना गर्ने भएको छ।
संस्थाको मिति २०८२ असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मिति तय गरेको हो। सहकारीका अध्यक्ष बलराम भट्टराईका अनुसार सभा बिहान ११:०० बजे संस्थाको कोहलपुर–११ स्थित प्राङ्गणमा सुरु हुनेछ।
सभामा शेयर सदस्यहरूले संस्थाका विगत दुई आर्थिक वर्षका प्रतिवेदनहरू तथा आगामी वर्षका नीति तथा कार्यक्रम, बजेट, लेखा परीक्षण प्रतिवेदन लगायतका एजेन्डाहरूमा छलफल गर्नेछन्।
सभाको प्रमुख एजेन्डामा निम्न प्रस्तावहरू रहेका छन् —
१. सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्ने।
२. लेखा समितिका संयोजकको प्रतिवेदन सुन्ने र अनुमोदन गर्ने।
३. आ.व. २०८०/०८१ र २०८१/०८२ का वार्षिक लेखा परीक्षण प्रतिवेदन पारित गर्ने।
४. आ.व. २०८२/०८३ का लागि अनुमानित कार्यक्रम तथा बजेट स्वीकृत गर्ने।
५. लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने।
६. साधारण सभाको माइन्युट प्रमाणित गर्ने प्रतिनिधि चयन गर्ने।
७. सञ्चालन तथा लेखा समितिको निर्वाचन गर्ने।
८. विविध

बलराम भट्टराई
अध्यक्ष:
भेरी शीत भण्डार सहकारी संस्था लि.
स्थान: कोहलपुर–११

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »