बैजनाथ हात्तिसारमा हात्तिको आतंक: च्याउ टिप्न गएकी महिलाको ज्यान गयो

पोष्टमार्टमका लागि शव भेरी अस्पताल, नेपालगञ्ज पठाइयो

कोहलपुर, बाँके |
बाँकेको बैजनाथ गाउँपालिका वडा नं. १ स्थित देउराली हात्तिसार क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हात्तीको बथानले आक्रमण गर्दा च्याउ टिप्न गएकी एक महिलाको ज्यान गएको छ।

प्रहरी चौकी चिसापानीका अनुसार चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढाको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको हो।

मृतकका आफन्त लोकबहादुर रोकायका अनुसार पूर्णिमा बुढाको शवलाई हाल पोष्टमार्टमका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको छ।

विहान सबेरै च्याउ टिप्न गएकामध्ये बुढा हात्तीको बथान नजिक पुग्दा आक्रमण भएको र उनीसँगै गएकी मैसरा रोकायका अनुसार अरू महिलाहरू भने भागेर ज्यान जोगाउन सफल भएका थिए।

वन्यजन्तु संरक्षणकर्मी कृष्ण चौधरीले जानकारी दिएअनुसार हाल १२ वटा हात्तीको बथान देउराली क्षेत्र वरिपरि देखिएकाले स्थानीयवासीमा अत्यधिक त्रास फैलिएको छ। “घरभन्दा ठूलो हात्ती देख्दा एकैपटक डर र आश्चर्य लाग्यो,” उनले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »