बाँकेमा राप्तीसोनारिमा बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लास्थित राप्तीसोनारी–७ फत्तेपुर सर्रामा मङ्गलबार साँझ सात बजेतिर नरैनापुरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७७४ नम्बरको बस र फत्तेपुरबाट नेपालगन्जतिर आइरहेको भे ६ प ८८३६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँएको थियो ।
बसमा मोटरसाइकल ठोक्किँएर गम्भीर घाइते भएका मोटरसाइकल चालक राप्तीसोनारी–७ फत्तेपुर सर्राका २७ वर्षीय दिलबहादुर थारु र सोही मोटरसाइकलमा पछाडि सवार सोही स्थानकै २३ वर्षीय राजेश थारुको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक नन्द प्रसाद पोखरेलले बताए ।