बाँके ट्राफिकको एक्सन : ठूलो आवाज गर्ने मोटरसाइकल नियन्त्रणमा

बाँके — ठूलो आवाज निकालेर ध्वनि प्रदूषण गर्ने मोटरसाइकलमाथि बाँके ट्राफिक प्रहरीले कडाइ गरेको छ। साइलेंसर परिमार्जन गरी अनावश्यक रूपमा आवाज गर्ने मोटरसाइकलहरू धमा-धम नियन्त्रणमा लिइँदै छन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुख पुस्कर राज पन्तले यस्ता मोटरसाइकलहरू नियन्त्रणमा लिएर सवारी साधन यातायात कार्यालयमा बुझाइने र त्यहाँबाट जरिवाना प्रक्रिया अघि बढ्ने जानकारी दिए।

पछिल्लो समय राति-राति ठूलो आवाज निकाल्ने मोटरसाइकलले सर्वसाधारणलाई सास्ती दिएको गुनासो बढेपछि कारबाही सुरु गरिएको हो,” पन्तले भने।

उनका अनुसार ध्वनि प्रदूषण नियन्त्रण गर्न अभियानलाई अझ प्रभावकारी बनाइनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »