प्रेस चाैतारी काेहलपुर अध्यक्षमा रिजाल पुन: निर्वाचित

२८ बैशाख, काेहलपुर । प्रेस चाैतारी नेपाल काेहलपुर नगर समितीकाे अध्यक्षमा प्रमाेद रिजाल निर्वाचित भएका छन । साेमबार काेहलपुरमा सम्पन्न नगर समितिकाे दाेस्राे सम्मेलनबाट रिजालकाे नेतृत्वमा ११ सदस्यीय समिती चयन भएकाे हाे ।

समितिकाे उपाध्यक्षमा सर्जन आरसी र बिष्णु डाँगी, सचिवमा रवी राेकाया, सहसचिवमा बिजय परियार र संजय मण्डल तथा काेषाध्यक्षमा कृष्ण चाैधरी निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरूमा प्रतिक चाैधरी, सन्ताेष शाही, दिपेन भण्डारी र हरिशरण काफ्ले चयन भएका छन ।

प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य विष्णु वेल्वासेले उद्घाटन गरेकाे सम्मेलनकाे उद्घाटन सत्रमा विभिन्न विधाका ४ जनालाई सम्मान समेत गरिएकाे थियाे । युवा उद्यमी अर्जुन सुवेदी, श्यामकली थारू, समाजसेवी एवं राजनितिज्ञ कर्ण बहादुर थापा तथा संस्थागत रूपमा नमस्ते कर्णाली राष्ट्रिय दैनिक पत्रिकालाई सम्मान गरीएकाे थियाे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य बसन्ती अधिकारी, प्रेस चाैतारि नेपालका केन्द्रीय सदस्य शकिल कादरी, प्रदेश काेषाध्यक्ष बिनाेद भट्टराई, नेकपा एमाले प्रदेश सदस्य गाेपाल गिरि, जिल्ला सचिव बलराम भट्टराई, नगर अध्यक्ष कुल प्रसाद भट्टराई, पत्रकार महासंघ लुम्बिनी प्रदेश सचिव सरला सुवेदी, प्रदेश सदस्य निर्मल आचार्य, प्रेस चाैतारी जिल्ला अध्यक्ष कमल डाँगी, प्रेस युनियन अध्यक्ष पृयास्मृति ढकाल लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »