नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना, २४ घाइते,२ गम्भिर

नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २३ जना घाइते

चितवनमा बस दुर्घटनामा परेको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु.प्र.०३–००१ ख ००७७ नम्बरको बस आइतबार बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको हो । बसमा सवार २८ जनामध्ये २४ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन । टायर पन्चर हुँदा बस अनियन्त्रित भएर दुर्घटनामा परेको भण्डारीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »