जस्मिन पेन्ट्स ग्राहक उपहार योजना: अमाला देवी रोकायाले जितिन् थाइल्याण्ड भ्रमण, ईश्वर सुवेदीले पाए स्मार्ट वाच
कोहलपुर-११ स्थित नवीन ट्रेडर्सबाट जस्मिन पेन्ट्स खरिद गर्ने अमाला देवी रोकाया (बैजनाथ-१) ‘थाइल्याण्ड घुमौं जस्मिन पेन्ट्ससँग’ ग्राहक उपहार योजनाको भाग्यशाली विजेता बन्न सफल भएकी छन्। यो योजनाअन्तर्गत उनले थाइल्याण्ड भ्रमणको अवसर प्राप्त गरेकी हुन्।

ग्राहकहरूलाई आकर्षक अफर प्रदान गर्दै आएको जस्मिन पेन्ट्सले यसअघि पनि विभिन्न उपहार योजनाहरू सञ्चालन गरिसकेको छ। २०८० सालमा ल्याइएको ‘रंगिन पल, खुशी डबल’ योजनामा ७५,००० रुपैयाँ बराबरको खरिदमा लक्की ड्र कुपन प्राप्त गर्ने व्यवस्था गरिएको थियो। जसअन्तर्गत धेरै ग्राहकहरूले बहुमूल्य उपहार जित्न सफल भएका थिए।

नवीन ट्रेडर्स कोहलपुरबाट जस्मिन पेन्ट्स खरिद गर्ने ग्राहकहरूले यसरी थाइल्याण्ड भ्रमणको अवसर पाउनु, कम्पनीको उत्कृष्ट सेवाप्रति प्रतिबद्धता र ग्राहकप्रतिको सम्मानको प्रमाण हो। कम्पनीले आगामी दिनहरूमा पनि ग्राहकहरूका लागि अझ आकर्षक योजनाहरू ल्याउने प्रतिबद्धता जनाएको छ।
यस योजनाअन्तर्गत अर्को विजेता ईश्वर सुवेदीले स्मार्ट वाच जित्न सफल भएका छन्। जस्मिन पेन्ट्सका यस्ता अफरहरूले ग्राहकहरूलाई थप प्रोत्साहित गर्ने विश्वास कम्पनीले लिएको छ।