कोहलपुर -१० स्थित बागेश्वरी एकेडेमी स्कुलमा १६औं बार्षिक खेलकुद प्रतियोगिता सुरु ।

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १० मा रहेको बागेश्वरी एकेडेमी ईमि स्कुलमा १६औं बार्षिक खेलकुद प्रतियोगिता सुरु भएको छ ।

बिहिबार बागेश्वरी एकेडेमीका सञ्चालक समितिका निर्वतमान अध्यक्ष चिन्तामणि धितालको प्रमुख अतिथ्यता र सञ्चालक समितिका अध्यक्ष किसन गुरुङ्गको सभापतित्वमा १६औं बार्षिक खेलकुद प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगितामा चार वटा हाउस (एलो, ग्रिन, रेड र ह्वाईट) हरुका ६ सय २० जनाले भाग लिएको बागेश्वरी एकेडेमीका विद्यालयका प्रिन्सिपल श्रीधर गोराथोकीले जानकारी दिए ।

‘चार वटा हाउसबाट खेलकुद प्रतियोगितामा उल्लेखनिय सहभागिता भएको छ’, गुरागाईले भने, ‘जसले विद्यार्थीहरु नयाँ जोस र सोच आउनेछ ।’ बालबालिकाहरुको सार्वङ्गिण विकास गर्न प्रतियोगिताले योगदान दिने उनको भनाई थियो ।

यस्तै विद्यालयका सञ्चालक समितिका अध्यक्ष किसन गुरुङ्गले विद्यालयका प्रिन्सिपल, शिक्षक, सम्पूर्ण विद्यार्थी लगायत अन्य पिटिए अध्यक्ष सिएए अध्यक्ष लगायतलाई खेलकुद प्रतियोगिता सफल बनाउन आग्रह गरेका छन् ।

यस्तै कार्यक्रममा अभिभावक संघका अध्यक्ष जागेन्द्र प्रसाद उपाध्याय, अतिरिक्त क्रियाकलाप संयोजक शेर बहादुर योगी र शेर बहादुर योगी लगायत अन्य पत्रकारहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा एनसीसीका विद्यार्थीहरुले मार्च पास गरेका थिए भने कार्यक्रम दिक्ष खड्का र कामना तिमिल्सेनाले कार्यक्रम सञ्चालन गरेका थिए । यस्तै कार्यक्रममा एथलेटिक्स, फुटबल, भलिबल, डोरी तान्ने प्रतियोगिता हुनेछ भने ६ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »