कोहलपुरमा सुविधासम्पन्न Brother’s Barbershop सञ्चालनमा।

बाँके — कोहलपुर–११, न्युरोडस्थित आकास शपको छेउमा नयाँ आधुनिक र सुविधासम्पन्न हेयर कटिङ सेवा ‘Brother’s Barbershop’ सञ्चालनमा आएको छ।

शुक्रबार आयोजित एक विशेष समारोहमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रदिप भट्टराईले रिबन काटेर बार्बरशपको उद्घाटन गरे। कार्यक्रममा स्थानीय व्यवसायी, समाजसेवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो।

Oplus_131072

सञ्चालक घनश्याम केसीका अनुसार करिब १० लाख रुपैयाँको लगानीमा स्थापना गरिएको यस बार्बरशपमा एयर कन्डिसनसहितको वातावरण, स्तरीय सेवा र दक्ष तालिम प्राप्त जनशक्तिबाट सेवा प्रदान गरिनेछ।

“अरु देशमा जानुको सट्टा आफ्नै देशमै केही गर्ने सोचले यो व्यवसाय सुरु गरिएको हो। साथै, अन्य युवालाई समेत रोजगारी दिने हाम्रो प्रयास छ,” सञ्चालक केसीले बताए।

उनका अनुसार बार्बरशपमार्फत दक्ष युवालाई स्थायी रोजगारी दिने र सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्य लिइएको छ।

Brother’s Barbershop कोहलपुर सिटी प्लाजाको अगाडि आकाश सपको छेउमा रहेको छ, जहाँ ग्राहकले आधुनिक सेवा सहज वातावरणमा प्राप्त गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »