कोहलपुरमा पहिलो पटक ९औं जेसिआई एकेडेमीको भव्य सुरुवात

नेपाल जेसिजको आयोजना तथा कोहलपुर जेसिजको आतिथ्यतामा जेसिआई नेपाल एकेडेमी कोहलपुरमा सुरु भएको हो।

तिनदिन सम्म संचालन हुने कार्यक्रममा कोहलपुर नगरपालिका कि उपप्रमुख तथा प्रमुख अतिथि संगिता सुबेदीले पानसमा बत्ति बालेर कार्यक्रम समुद्घाटन गर्नु भएको हो।

उद्घाटन समारोहलाई सम्बोधन प्रमुख अतिथि सुबेदीले ”नेपाल जेसिजको राष्ट्रिय कार्यक्रम कोहलपुरमा सुरुवात हुनु कोहलपुर नगरको लागि गौरवको कुरा भएको बताउनुभयो । ” लिडरहरु उत्पादन गराउने जेसिज एउटा नेपालकै लागी नमुना संस्था भएकोले यसबाट राज्यलाई पनि उत्तिकै लाभ हुने उपप्रमुख सुबेदिले बताउनु भयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल जेसिजको राष्ट्रिय अध्यक्ष रजनी थापाले ” नेपाल जेसिजका प्रत्येक तालिमहरु लाभदायक हुँदै गएको बताउनुभयो । ” जेसिआई एकेडेमी बाट उद्यमशीलता र नेतृत्व विकासमा थप उर्जा मिल्ने बताउदै सहभागीहरुलाई शुभकामना व्यक्त गर्नुभयो ।

एकेडेमीलाई सम्बोधन गर्दै कोहलपुर जेसिजका अध्यक्ष दिपेन्द्र कठायतले ” जेसिआई एकेडेमी कोहलपुरमा आतिथ्यता गर्न पाउनु सौभाग्यको कुरा भएको बताउदै नेपाल जेसिजलाई धन्यवाद व्यक्त गरेका हुन ।

तीन दिन सम्म संचालन हुने एकेडेमीमा भारत र नेपालका प्रशिक्षकहरुले प्रशिक्षण दिनेभएका छन जसमा नेपाल भरिबाट ६० जनाभन्दा बढिले तालिम प्राप्त गर्ने आतिथ्यता शाखाले जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »