कोहलपुर,बाँके: गत मध्यराति कोहलपुर ३ बरदहवामा तीन जना सवार वाईक दुर्घटना हुदा वाईकमा सवार एक जना ठहरै भएका छन भने दुई जना गम्भिर घाईते भएका छन ।
कोहलपुर – १५ चौधरीयाका बर्ष २० का अनुप कुमार थारु (जय प्रकास)को निर्माणाधिन कल्भर्टमा वाईक वजारिदा घटनास्थलमै मृत्यु भएको जनाईएको छ । अन्य दुई जना ईसम थारु र जिवन थारु घाईते भई शिक्षण अस्पताल कोहलपुरमा उपचारार्थ भर्ना भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ
रातको समयमा ट्राफिक नियमलाई समेत वेवास्ता गर्दै दुई जनाको सिट क्षमता भएको वाईकमा तीन जना सवार भएपछि वाईक अनियन्त्रित भई कोहलपुर ३ मा निमार्णाधिन रहेको कल्भर्टमा वाई ठोकिन पुग्दा दुर्घटना भएको प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जनाईएको छ ।