कोहलपुरमा ग्राहकको रोजाइ बन्दै : कभर हाउस एन्ड मोबाइल सेन्टरले १०० वटा मोबाइल किस्तामा बिक्री गर्‍यो

कोहलपुर, बैशाख २७ – कोहलपुर–११, एनटिभी रोडस्थित कोहलपुर कभर हाउस एन्ड मोबाइल सेन्टरले साउन महिनादेखि चैत्र महिनासम्म १०० जना ग्राहकलाई सामसुङ मोबाइल किस्ताबन्दीमा बिक्री गर्न सफल भएको छ।

उक्त उपलब्धिको उपलक्ष्यमा एक कार्यक्रमको आयोजना गर्दै केक काटी सफलताको उत्सव मनाइएको छ। कार्यक्रममा कम्पनीका सिनियर सेल्स म्यानेजर खड्क बहादुर रावत, बाँके–बर्दिया क्षेत्रका सामसुङ मोबाइल डिस्ट्रीब्युटर दिपेन्द्र बिस्ट र एरिया सेल्स म्यानेजर अभिषेक शर्माले संयुक्त रूपमा केक काटेर सेन्टरकी संचालक कौशिला नेपाललाई बधाई दिएका थिए।

उनीहरूले आगामी दिनमा अझ ठूलो सफलताको शुभकामना व्यक्त गर्दै सेवाको स्तर अझ उचो बनाउने अपेक्षा व्यक्त गरे।

संचालक कौशिला नेपालले ग्राहकहरूको विश्वास र सहकार्यका कारण यस्तो उपलब्धि सम्भव भएको बताउँदै भविष्यमा अझ गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »