बाँके कोहलपुरका युवा अर्विन चन्द ठकुरीज्यू एउटा उदाहरणीय प्रतिभा हुनुहुन्छ, जसले आफ्नो साहस, धैर्यता र लगावका कारण हिमालय रोडिज सिजन-६ को फाइनलसम्मको यात्रामा उल्लेखनीय प्रदर्शन गर्नुभएको छ। कोहलपुर, बाँकेबाट सुरु भएको उहाँको यात्रा आज देशभरका युवाहरूका लागि प्रेरणाको स्रोत बन्न पुगेको छ।
उहाँ न केवल एक प्रभावशाली मोटोज भ्लगर र कुशल बाइक स्टन्टर हुनुहुन्छ, तर एउटा यस्तो व्यक्तित्व पनि हुनुहुन्छ, जसले आफ्नो कामप्रति ईमानदारी र समर्पण देखाउनुभएको छ। रोडिजको चुनौतीपूर्ण र साहसिक यात्रामा उहाँले विभिन्न कठिन परिस्थितिहरूको सामना गर्दै आफ्नो क्षमताको परिचय दिनुभएको छ।
२७ जनवरीको फाइनलमा जंगलमा हुने प्रतिस्पर्धाले उहाँको यात्रा अझ रोमाञ्चक बनाउने छ। अब हाम्रो जिम्मेवारी हो, अर्विनलाई साथ दिँदै उहाँको प्रतिभालाई सम्मान गर्दै मत दिनु।
उहाँजस्तो युवा प्रतिभाहरूले देशलाई सकारात्मक दिशा दिन्छन् र साहसिक खेलप्रति नयाँ पुस्तामा रुचि जगाउँछन्। अर्बिनज्यूलाई हार्दिक शुभकामना छ। हिमालय रोडिज सिजन-६ को उपाधि जितेर देश र आफ्नो ठाउँको नाम चम्काउन सफल हुनुहोस्!
“सबैको साथ,अर्विनको जित!”