
बाँकेको कोहलपुर २ पुष्पनगरमा रहेको एभरेष्ट सैनिक सेकेण्डरि स्कुलले आफनो स्थापनाको ३० औं बर्षगाँठ मनाएको छ । आज विद्यालय प्रांगणमा आयोजित बिषेश कार्यक्रमकाविच विद्यालयले ३० औं बार्षिक उत्सव एवं अभिभावक दिवस मनाएको हो । ३० औं बार्षिक उत्सव एवं अभिभावक दिवसलाई सम्वोधन गर्दै बाँके क्षेत्र नं. १ का माननिय सांसद सुर्य प्रसाद ढकालले देशमा निजि क्षेत्रले शिक्षाको क्षेत्रमा अतुलनिय योगदान गरेको भन्दै शैक्षिक सुधारका सवालमा आफुले सदनमा पटक पटक आवाज उठाईरहेको वताए ।
उनले शिक्षा समितिमा शैक्षिक सुधारका सवालहरु घनिभुत रुपमा छलफल भईरहेको उल्लेख गर्दै राज्यले निजि क्षेत्रलाई हेर्ने प्रष्ट दृष्किोण कानुनमा नै उल्लेख गर्नुपर्नेमा आफुले लविङ्ग् गरिरहेको चर्चा गरे । देशका आधा भन्दा बढि शिक्षा क्षेत्रमा निजि क्षेत्रको लगानि रहेको भन्दै सांसद ढकालले लगानि सुरक्षित रहने वातावरण वनाउनु अहिलेको आवश्यकता भएको औंल्याए ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष कृष्ण भुसालको अध्यक्षतामा आयोजित ३० औं बार्षिक उत्सव समारोहमा विद्यालयको बार्षिक शैक्षिक क्यालेण्डर बमोजिम आयोजना गरिएका विभिन्न विधामा सर्वोत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।विद्यार्थीहरुलाई माननिय सांसद सुर्य ढकाल, प्याव्सन बाँकेका सल्लाहकारद्धय यम रावत र शिव डाँगिले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । विद्यालयले सञ्चालन गरेको नृत्य प्रतियोगिताको छनौट चरणको प्रतिस्पर्धा समेत गराईएको कार्यक्रममा विद्यालयमा अध्यनरत वाल वालिकाहरुले विविध सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

विद्यालयका प्रबन्ध सञ्चालक एवं प्रधानाध्यापक महेन्द्र शर्माले उपस्थित अभिभावक, अतिथि तथा विद्यार्थीहरुलाई ३० औं बार्षिक उत्सवमा स्वागत गर्दै विद्यालयको बार्षिक प्रगति भावि कार्ययोजना तथा नितीहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्याव्सन बााकेका निर्वतमान अध्यक्ष यम रावत, सल्लाहकार शिव डाँगि, प्याव्सन नगर अध्यक्ष रमेस के.सि., उपाध्यक्ष समिर घर्ति, शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम प्रकास थापा, शिक्षक महासंघ बैजनाथका अध्यक्ष महेश शर्मा, सचिव मित्रलाल वलि, राष्ट्रिय परिक्षा शाखा अधिकृत भगवान यादव, नृत्य निर्णायक अम्विका धिताल लगाएत विभिन्न क्षेत्रका शैक्षिक ब्यक्तित्व, अभिभावक विद्यार्थी तथा पत्रकारहरुको वाक्लो उपस्थिति रहेको थियो ।
कक्षा ७ कि छात्रा दक्षता चौधरीको स्वागत मन्तब्यवाट शुभारम्भ कार्यक्रममा संघिय सांसद एवं कार्यक्रमका प्रमुख अतिथि सुर्य प्रसाद ढकालले विद्यालयको प्रांगणमा रहेको सरस्वतिको मन्दिरको समेत उदघाटन गरेका थिए ।


