इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिए, हिरेन्द्र रोकायालाई जिम्मेवारी

सिराहास्थित इलाका प्रहरी कार्यालय लहानका डीएसपी फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले डीएसपी हिरेन्द्र रोकायालाई लहानमा काज सरुवा गरेको छ । 

लहानमा कार्यरत विष्णु सोतीलाई लागुऔषध नियन्त्रण ब्युरोमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । रोकाया लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत थिए ।

मंगलबार सिराहाका एसपी रमेश पण्डितलाई फिर्ता बोलाएर अनन्तराम शर्मालाई पठाउने निर्णय गरिएको थियो । यसअघि सिराहाका प्रजिअ बासुदेव दाहालको पनि जिम्मेवारी खोसेर गृह मन्त्रालय तानिएको थियो ।

सिराहाको औरहीमा महायज्ञ लगाउन दलितको घर भत्काएर स्थानान्तरण गरिएको घटना ‘विवादित’ बनेको छ । सो प्रकरणमा गाउँपालिका अध्यक्ष सहित दुई जना थुनामा छन् । तर, लहानको डीएसपी सरुवा सो घटनासँग सम्बन्धित नभएको प्रहरी प्रधान कार्यालयका अधिकारीहरू बताउँछन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »