अनेरास्ववियु बागेश्वरी बहुमुखी क्याम्पस कमिटीको १२औ अधिबेशनबाट कुमार शाहिको नेतृत्वमा ४१ सदस्यीय कमिटी गठन भएको छ।

अनेरास्ववियु बाँकेले आफ्नो संगठन विस्तार अभियान अन्तर्गत मंगलबार कोहलपुर स्थित बागेश्वरी बहुमुखी क्याम्पस कमिटी गठन गरेको छ।
अनेरास्ववियु बागेश्वरी क्याम्पका अध्यक्ष महेन्द्र प्रकाश मल्लको अध्यक्षतामा संगठनका केन्द्रिय स्थायी कमिटी सदस्य अमर शाहीको प्रमुख आतिथ्यमा भेला आयोजना गरिएको थियो। भने एमाले बाँके जिल्ला सदस्य सुर्य रोकाय ,बिमल मल्ल अनेरास्ववियु केन्द्रिय सदस्य टोपराज जैसी ,देबेन्द्र बुढा , छक्क लामा नेकपा एमाले कोहलपुर नगर सदस्य बिकल भट्टराई अनेरास्ववियु जिल्ला अध्यक्ष प्रकाश बिक उपाध्यक्ष अमृत खत्री , सह – सचिब केशर जंग शाही लगायतको उपस्तिथि रहेको थियो ।
१२औ अधिबेशनबाट
अध्यक्ष = कुमार शाही
उपाध्यक्ष = अबिसा बोहरा
सचिब = सन्देश ढकाल
सह -सचिब =बिपन गाहा
सह सचिब =दिपक आरसि
सह सचिब= देबि ढकाल
कोसाध्यक्ष =अनिस परियार लगायत ४१ सदस्यीय कमिटी गठन भएको छ ।