अनेरास्ववियुको २४औं महाधिवेशनमा बाँकेबाट वर्षा मल्ल केन्द्रीय सदस्य र साक्षी शर्मा आयोग सदस्यमा विजयी

कोहलपुर, बाँके । अनेरास्ववियुको २४औं राष्ट्रिय महाधिवेशनबाट बाँके जिल्लाका दुई होनहार युवा नेतृ केन्द्रमा निर्वाचित भएका छन्। कोहलपुरकी वर्षा मल्ल अनेरास्ववियु केन्द्रीय सदस्यमा निर्वाचित भएकी छिन् भने नेपालगन्जकी साक्षी शर्मा नीति तथा नियम अनुसन्धान आयोग सदस्य पदमा विजयी भएकी छिन्।

दुवै नेतृ लामो समयदेखि विद्यार्थी राजनीति र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका थिए। संगठनप्रति समर्पित नेतृत्व, स्पष्ट दृष्टिकोण र अनुशासित भूमिकाका कारण उनीहरूले जिल्लाभित्र मात्र होइन, केन्द्रमा समेत उल्लेखनीय पहिचान बनाएका छन्।

महाधिवेशनको सन्दर्भमा बाँके जिल्लाबाट उल्लेख्य सहभागिता देखिएको थियो। मल्ल र शर्माको जितले नारी नेतृत्वको सम्भावना र प्रभावशाली उपस्थितिलाई पुनः पुष्टि गरेको छ। अनेरास्ववियु भित्र नयाँ पुस्ताको नेतृत्व विकासमा यो एक सकारात्मक सन्देशको रूपमा लिइएको छ।

बाँके जिल्लाका विद्यार्थी नेताहरूले उनीहरूको विजयीलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै शुभकामना व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »