कोहलपुरमा ‘Hope Zone’ गेमिङ सेन्टर सञ्चालनमा

कोहलपुर-११ स्थित कोहलपुर सुपर मार्केटमा नयाँ गेमिङ सेन्टर ‘Hope Zone’ सञ्चालनमा आएको छ। गेम प्रेमीहरूका लागि उत्कृष्ट मनोरञ्जनस्थल बन्ने लक्ष्यसहित सुरु गरिएको यो सेन्टरमा PlayStation 5 (PS5) को अत्याधुनिक अनुभव लिन सकिन्छ।

Hope Zone मा विभिन्न लोकप्रिय गेमहरू उपलब्ध छन्, जसमा Marvel’s Spider-Man 2, God of War: Ragnarök, The Last of Us Part I & Part II, Final Fantasy XVI, Baldur’s Gate 3, GTA V, Cyberpunk 2077, Horizon Forbidden West, र EA Sports FC 24 जस्ता गेमहरू खेल्न सकिन्छ।

“Game, Relax, Repeat” नाराका साथ सञ्चालनमा आएको यो गेमिङ सेन्टरले स्थानीय तथा वरपरका गेमिङ पारखीहरूका लागि रमाइलो अनुभव प्रदान गर्ने विश्वास गरिएको छ। कोहलपुरमा गेमिङको नयाँ गन्तव्यको रूपमा Hope Zone लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »