भारत ओडिसाको कीट विश्वविद्यालयमा अर्की नेपाली छात्राको शव झुन्डिएको अवस्थामा फेला

काठमाडौं । भारतको ओडिसा राज्यस्थति भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोली (KIIT) विश्वविद्यालयमा अध्ययनरत अर्की नेपाली छात्राको झुन्डिएको अवस्थामा शव भेटिएको छ । 

विश्वविद्यालयमा पहिलो वर्षमा अध्ययनरत वीरगञ्जकी प्रिशा साहको शव झुन्डिएर मृत अवस्थामा भेटिएको त्यहाँ अध्ययनरत विद्यार्थीहरुले पुष्टि गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको विद्यार्थीहरुले जनाएका छन् । 

यसअघि नेपालकी छात्रा प्रकृति लम्सालको त्यही विश्वविद्यालयमा झुन्डिएको अवस्थामा शव भेटिएपछि विवाद र तनाव सिर्जना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »