भोलि देखि तेह्र बिगाह मैदानमा प्याब्सन कोहलपुर रनिङसिल्ड प्रतियोगिता सुरु हुदै

प्याब्सन कोहलपुरले भोली देखि दोस्रो कोहलपुर नगर स्तरीय प्याब्सन रनिङ शिल्ड २०८१ प्रतियोगिता संचालन गर्ने भएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्याब्सन कोहलपुरले दोस्रो रनिङ शिल्ड प्रतियोगिता २०८१ को सम्पूर्ण तयारी पुरा गरिएको कोहलपुर नगर प्याब्सनका अध्यक्ष रमेश खत्रीले जानकारी गराएका छन ।
खत्रीका अनुसार मुख्यगरी आधारभूत तहलाई ध्यानमा राखेर प्रतियोगिता संचालन गरिएको जानकारी गराए । खत्रीका अनुसार माध्यमिक तर्फ जम्मा १ खेल बलिबल छात्र , छात्रा रहेको जानकारी गराए ।
दोस्रो रनिङ शिल्ड कार्यक्रमको बारे बोल्दै फिल्ड मार्सल दिनेश सिग्देलले २८ वटा कूल प्याब्सनका विद्यालयहरूको सहभागिता हुने बताउदै ६ वटा विद्यालय अथितिका रूपमा बैजनाथ गाउँपालिका बाट सहभागीता रहने उल्लेख गरे ।
प्रतियोगिता माघ११ गते देखि माघ १३ गते सम्म संचालन हुने बताईएको छ । कूल २ सय ७४ पदकका लागि खेलाडिहरूले मैदानमा प्रतिस्पर्धा गर्ने प्याब्सन नगरका सचिव
मित्रलाई वलीले जानकारी गराएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »