ईलाका प्रहरी कार्यालय कोहलपुरले बैजनाथ गाउपालिका वडा नं.५ गुर्वागाँउ बस्ने बर्ष ३० को दुखराम थारु लाई पक्राउ गरेको छ
मिति २०८०।१२।१४ गते दिनको करिब १६:३० बजेको समयमा लागुऔषध ब्राउनसुगरको कारोबार भईरहेको छ भन्ने गोप्य सुचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय कोहलपुर बाट खटि गएको प्रहरी टोलिले जिल्ला बाँके बैजनाथ गा.पा. वडा नं. ५ गुर्वागाँउ स्थित दुखराम थारुलाई लागुऔषध ब्राउनसुगरको कारोवार गरी रहेको अवस्थामा फेला पारी निजहरुलाई कानून बमोजिम नियन्त्रणमा लिई रितपूर्व चेक जाँच गर्दा लागुऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ १ ग्राम ८०० मिलिग्राम सहित पक्राउ गरि सम्मानित जिल्ला अदालत बाँके बाट मिति २०८०।१२।१४ गते बाट लागु हने गरी दिन पाँच (५) म्याद थप गरी थप अनसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।