बाँकेमा सावारी साधानको गति मापन गर्ने यन्त्र (राडार गन) मार्फत ट्राफिक चेकिङलाई तिब्रता दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले मुख्य राजमार्गका साथै दुर्घटनाको जोखिम बढि रहेका क्षेत्रमा राडार गन मार्फत ट्राफिक चेकिङलाई प्राथमिकता दिएको हो ।
तीब्र गतिमा गाडी चलाउँदा दुर्घटना बढेको निश्कर्ष निकाल्दै ट्राफिक प्रहरीले जिल्लामा गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याएको जनाएको छ ।
दुर्घटना न्युनिकरण तथा ट्राफिक सचेतना अभियान अन्तर्गत
जिल्ला ट्राफिक प्रहरी कार्यलय बाँकेले बाँकेका मुख्य सडक तथा सहायक सडकमा राडार गन प्रयोग गरी तिव्र गतिमा कुदाइएको
सवारी साधानलाई कारबाही गर्न सुरु थालिएको ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुखले जानकारी दिए ।
बुधबार कोहलपुर नेपालगन्ज सडकखण्डमा चेकजाँचका क्रममा पुष्कर राज पन्तले प्रविधिको प्रयोग गरेर जिल्लाको ट्राफिक समस्यालाई ब्यवस्थित गर्ने प्रयास भईरहेको बताए ।
दुर्घटनाको जोखीम उच्च रहेको कोहलपुर – नेपालगन्ज सडक खण्डमा प्रत्येक दिन राडार गनबाट सवारी साधनको गती मापन गरीने बताउँदै तिब्र गतिमा रहेका सवारी साधनलाई कारबाहीको दायरामा ल्याईने बताए । “रत्न राजमार्गको नेपालगञ्ज- कोहलपुर सडकखण्ड अत्यधिक सवारी दुर्घटना हुने क्षेत्र हो, त्यसलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि उक्त सडकखण्डमा राडार गनको सहायताले ट्राफिक चेकिङ सुरु गर्ने अभियानमा लागेका छौं” पन्तले भने ।
तीव्र गतिका कारण ठूला भन्दा साना दुई पाङ्ग्रे तथा तीन पाङ्ग्रे सवारी साधनहरू बढि दुर्घटना हुने गरेको पाइएकाले ती सवारी साधनहरूको गति जाँच गरेर दुर्घटना न्यूनीकरणका लागि राडार गन सहित चेकिङ सुरु गरिएको भन्दै प्रहरी निरीक्षक पुष्कर राज पन्तले प्राय यस सडक खण्डमा लागु पदार्थ सेवन गर्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरुकै कारण दुर्घटनामा बृद्धि भईरहेको बताए
राजमार्ग क्षेत्रमा औषत ५० घण्टा प्रति किलोमिटरको गतीले मात्र सवारी साधन गुडाउन पाईने ट्राफिक प्रहरीको भनाई छ । सवारी दुर्घटनामध्ये अधिक्तम दुर्घटना तीव्र गतिका कारण हुने देखिएकाले
दुर्घटना न्यूनीकरण गर्न रडार गनको प्रयोग गरिएको बताए । उनले राडार गनले ६० भन्दा माथि स्पिड भएका सवारी साधनको आफै फोटो खिच्ने भएकाले पनि कारवाही गर्न सहज हुने उनले बताए ।
दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा सहित राडार गनले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल सङ्केत दिने र ३ सय मिटरको दूरीमा आएपछि गति मापन गर्ने तथा त्यस्ता सवारी साधन तीव्र गतिमा छ भने सय मिटरको दूरीमा आएपछि नम्बर सहितको सवारी साधनको फोटो समेत खिच्ने उनले बताए ।
‘राडार गन’ सहित राजमार्गमा बाँके ट्राफिक, तिब्र गतिमा सवारी हाक्नेलाइ कारबाही