सोमबार राती भारतको नैनिताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परि ज्यान गुमाएका सात जनाको पहिचान खुलेको छ । दुर्घटनामा बाँकेका ५ जना र बर्दियाका १ जनासहित सवारिचालक भारतिय नागरिकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार मृत्यु हुनेमा बाँके बैजनाथ गाउपालिका चादनी चौक फत्तेपुरका ५० वर्षिय उदय राम चौधरी , ४१ वर्षिय तिलक चौधरी , ५० वर्षिय अन्तराम चौधरी , ६० वर्षिय बिनोद चौधरी, ४५ वर्षिय धिरज चौधरी र बर्दिया बबई चेपाङका ६० वर्षिय तोक बहादुर पनि रहेका छ्न्।
मृतक नेपालिहरु घटना स्थल वरपर पाईप बिछ्याउने काम गर्दथे । उनिहरु गाडी भाडामा लिएर टनकपुर आउने तयारिमा सामन लोड गर्दै गर्दा सवारी सडक देखि कति डेढ सय मिटर तल झरेको भारतिय सञ्चार माध्यमले जनाएको छ ।
भारतमा भएको सडक दुर्घटनामा बाँके बैजनाथका ५ जनाको मृत्यु