बाँकेमा जारी सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सप्ताह २०८० आज समापन

बाँके जिल्लामा जारी सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि ट्राफिक सप्ताह २०८० आज कोहलपुर नगरपालिकाको सभाहलमा समापन भएको छ।

ट्राफिक सप्ताहको समापन समारोहलाई सम्वोधन गर्दै कार्यक्रका प्रमुख अतिथि समेत रहेका उपमहानगरपालिकाका मेयर विष्टले यातायात ब्यबस्था कार्यालयको काम राजस्व असुलि गर्ने मात्र भएकाप्रति इंगित गर्दै यातायात कार्यालयले समेत ट्राफिक सचेतनाका लागि बजेटको ब्यबस्था गर्नुपर्ने बताए । सवै ट्राफिक प्रहरीले नै गरिदिन्छ भन्ने आम नागरिक तथा निकायहरुको सोचले पनि ट्राफिक ब्यबस्थापन र दुर्घटना न्युनिकरणलाई चुनौती दिएको औंल्याउदै विष्टले सचेत नागरिकले ट्राफिक नियम पालन गरे आफनो सुरक्षा आफै गर्न सक्ने बताए ।

कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले चालु आर्थिक बर्षको ७ महिनाको अवधिमा बाँकेमा भएका ट्राफिक गतिविधि र ट्राफिक ब्यबस्थापन तथा कारवाहि बारे फेहरिस्त प्रस्तुत गर्दै यस अबधि सम्म आईपुग्दा १७ हजार बढि कारवाहि, १ करोड ३३ लाख जरिवाना, १२०० बढि सचेतनाका कार्यक्रम सञ्चालन गर्दा पनि गत वर्षको यहि अवधिको तुलनामा ४ जना बढिले सडक दुर्घटनामा परि मृत्यु वरण गर्नु परेको भन्दै जनता आफै जव सम्म सचेत हुदैनन तव सम्म कारवाहि, जरिवाना र सचेतनाले मात्र सडक दुर्घटनामा कमि नहुनेमा जोड दिए ।

गत वर्ष यो अवधिमा सडक दुर्घटनामा परि बाँके जिल्लामा ३८ जनाले ज्यान गुमाएकोमा यस बर्ष सोहि अवधिमा ४२ जनाले ज्यान गुमाउनाले अपेक्षा अनुरुपको नतिजा हासिल गर्न नसकिएको भन्दै आफना मातहतका कार्यालयहरुलाई सडक दुर्घटना न्युनिकरणका निम्ति लाईसेन्स दिने बेला देखि गाडिको अवस्था सम्मका घटनाक्रमहरुलाई कडाई गर्न निर्देशन समेत दिए ।

अव लाईसेन्स वितरण गर्दा ट्रायल मात्र हैन ट्राफिक शिक्षा समेत प्रदान गरिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले सडक विभागले समेत सडक सुरक्षाका संकेत, चिन्ह र वोर्डहरु उपयुक्त स्थानमा अद्यावधिक राख्न निर्देशन दिए ।

ट्राफिक प्रहरी, सडक विभाग, यातायात ब्यबस्था कार्यालय, यातायात मजदुर तथा मालिकहरुले सडक सुरक्षाका न्युनतम मापदण्ड पुरा गर्न हो भने कारवाहि जरीवाना र राजस्व असुलिमा कमि हुने बताउदै पोखरेलले कारवाहि र राजस्व असुलिको जति आँकडा बढदै जान्छ दुर्घटनाका केशहरु पनि बढदै जानेमा दुई मत नभएको जिकिर गरे ।

बाँके ट्राफिक प्रहरी प्रमुख गोपि कृष्ण सुवेदीले उपस्थितहरुलाई ट्राफिक सप्ताहमा सम्पन्न कार्यक्रमहरुको प्रतिवेदन प्रस्तुत गर्दै नियमित काम जस्तै ट्राफिक सप्ताहमा पनि ट्राफिक प्रहरीले विभिन्न चेतनामुलक नाटक, स्टिकर टाँस, लापसे मापसे चेकजाँच, मेटिएका नम्वर प्लेटको अध्यावधिकता, अटोमा अपनाउनुपर्ने ट्राफिक सुरक्षा र राजमार्गमा पैदल यात्रुको सुरक्षा जस्ता कार्यक्रमलाई निरन्तरता दिएको चर्चा गरे ।

बाँके प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुवास चन्द्र वोहराको अध्यक्षतामा आयोजित ट्राफिक सुप्ताह समापन समारोहमा कोहलपुर नगरपालिकाका नगर उप प्रमुख संगिता सुवेदी, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामि, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा लगाएतले ट्राफिक सप्ताह र सडक सुरक्षाका वारेमा आ आफनो भनाई राखेका थिए ।

ट्राफिक सप्ताहलाई आफनो क्षेत्रबाट अमुल्य योगदान गरेको भन्दै बिभिन्न संघ संस्था तथा ब्यक्तित्वहरुलाई कदर पत्र समेत प्रदान गरिएको कार्यक्रममा बिभिन्न सुरक्षा निकायका प्रमुख, संघ संस्थाका प्रतिनिधि , निजि विद्यालयका छाता संगठन, वाल क्लवका प्रतिनिधि, जनप्रतिनिधि लगाएत सुरक्षा निकायका सकल दर्जाहरुको समेत कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »