नेपाली सेनामा भर्ती गराउने भन्दै ठगी गर्ने कोहलपुर प्रहरिको फन्दामा

नेपाली सेनामा भर्ती गराउने भन्दै ठगी गर्ने एक जना लाई प्रहरिले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र इप्रका कोहलपुरबाट खटिएको प्रहरी टोलीले नेपाली सेनामा भर्ती गराउने भन्दै ठगी गर्ने दैलेख जिल्ला भगवती गाउँपालिका ७ तप्लुङमा घर भएका ३० वर्षका रमेश कुमार थापालाई पक्राउ गरेको हो ।

इप्रका कोहलपुरका डिएसपी सुन्दर तिवारीका अनुसार ठगीको निवेदनका आधारमा उनलाई करिब ४ लाख रकम लिई फरार रहेका थापालाई माघ २५ गते सुर्खेतको विरेन्द्रनगरको पिपराबाट पक्राउ गरेको बताए ।

पक्राउ परेका थापालाई बाँके जिल्ला अदालतबाट ७ दिनसम्म हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान भईरहेको डिएसपी तिवारीले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »