नेपालगन्जमा जमिनबाट सुन निकालिदिन्छु भनेर दुई करोड रुपैयाँ ठगी गर्ने व्यक्ती पक्राउ ।
नेपालगंज उप-महानगरपालिका वडा नं. १९ मोहनपुर ईट्टाभट्टा नजिकै बस्ने नसिर अहमद बेहेनालाई भारत उत्तर प्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ को सदाबुद्दिन हलवाईले ईट्टाभट्टामा रहेको जमिन भित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनी पटक पटक गरि नगद दुई करोड ठगी गरेको उजुरीपछि हलवाईलाई पौष ५ गते नेपालगंज बसपार्कबाट पक्राउ गरी बाँके जिल्ला अदालतबाट ४ दिन म्याद अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक आयूश प्रसाद जोशीले बताएका छन् ।
हलवाईको साथमा बरामद सामानहरु:-
१) तिन वटा माटोको घैटो र सो घैटोभित्र पहेलो धातुले बनेको सिक्का थान -१०४९
२) तिन वटा पितलको घैटो।
३) धातुले बनेको हेर्दा पुरानो जस्तो देखिने चेन थान -१
४) धातुले बनेको गणेशको मुर्ति थान -१
५) बिभिन्न आकारका पथ्थरहरु थान -६००
६) धातुबाट बनेको डिव्वा थान -३
७) लेदरको कालो रंगको झोलाभित्र ताविज सहितको डिव्वा थान-१
८) उर्दू अक्षरमा लेखिएको किताब थान -१
९) भारतिय नम्बरको UP 32PP6110 नं. को ALTOK 10 सिल्भर कलरको कार थान -१
१०) नेपाल र भारतिय बैंकका चेक तथा भौचरहरु