तुलसीपुरबाट काठमाण्डौ जाँदै गरेको ना ६ ख १४८६ नम्बरको रात्री बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गोग्लीबाट घोराही तर्फ जाँदै गरेको लु ४१ प ८०९२ न को मोटरसाइकललाई बसले ठक्कर दिदा घोराही उपमहानगरपालिका १७ निवासी वर्ष २३ का सौगात ओलीको मृत्यु भएको हो भने मोटरसाइकलमा सवार रहेका तुलसीपुर उपमहानगरपालिका ११ बेलदमारका वर्ष ३५ का शरद लामिछाने गम्भिर घाइते भएका छन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरणप्रकाश मल्लका अनुसार घोराही उपमहानगरपालिका १७ बेलभार, सिस्नेखोलाको ओरालोमा ठक्कर दिएको हो ।