दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुरबाट घोराही तर्फ आउँदै गरेको रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।

दुर्घटनामा परी रोल्पा त्रिवेणी गाउँपालिका वडा नम्बर ५ का २१ वर्षीय विजय पुन र सोही ठाउँका २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी जनक मल्लले जानकारी दिए।

मोटरसाइकल घोराही उपमहागनरपालिका नम्बर १६ सर्रा चोकमा बिहान ६ बजेतिर दुर्घटनामा परेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »