ढकेरी नजिकै जंगलमा बाघको आक्रमण बाट ७१ वर्षीय बृद्धको मृत्यु

✍बिकल भट्टराई

पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी गाउपालिका वडा नं. ९ को जंगलमा बाघको आक्रमणबाट ७१ बर्षिय नगेन्द्र प्रसाद शर्माको मृत्यु भएको छ ।

दार्मा गाउँपालिका १ सल्यान घर भैइ हाल उडैन आफन्तको घरमा बस्दै आएका ७१ वर्षीय नगेन्द्र प्रसाद शर्माको ज्यान गएको ढकेरी प्रहरी बिट इन्चार्ज असई जंग बहादुर एमसिले जानकारी दिए ।

घटना बारे बिस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
बाँके निकुञ्ज स्थापना संगै पुर्व पश्चिम राजमार्ग हुदै यात्रा गर्ने मानिसहरुलाई भयको वातावरण सिर्जना भएको छ भने केहिले यस अघि नै मृत्यु वरण गर्न बाध्य भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »