जिल्ला ट्राफिक बाँकेले शम्सेरगन्जमा गर्यो सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम

बाँके जिल्लामा जारि ट्राफिक सप्ताह अन्तर्गतका विभिन्न कार्यक्रमहरु भईरहेका छन । यहि क्रममै आज बाँकेको शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आज शम्सेरगन्जमा करिब ३०० बिद्यार्थी हरुको उपस्तिथिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारि गराएको छ। जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख गोपिकृष्ण सुवेदी ज्यु ले करिब ३०० बिद्यार्थी हरुको उपस्थितमा ट्राफिक नियमको बारेमा जानकारि गराउदै बिद्यार्थी हरुलाई जेब्रा क्रस देखि बाटो क्रस गर्न र जेब्रा क्रस नभएको स्थानमा बाटो क्रस गर्न र सडकमा हिड्दा कुन साईड देखि हिड्ने भनेर सिकाउनु भएको छ । साथै उहाले बिद्यार्थी हरुलाई आफुले आज जानेका र सिकेका कुराहरु आफ्नो परिवार छर छिमेक र साथी भाईहरुलाई समेत सिकाउन अनुरोध पनि गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »