कोहलपुर-३ मैटहवामा बसको ठक्कर बाट ६८ बर्सिय साईक यात्री चन्द्रश्वर चालिसेको मृत्यु भएको छ।
मिति २०८०/१२/२१ गते १७:३० बजेको समयमा कोहलपुर नगरपालिका वडा न -३ मैटहवामा पुर्ब बाट पश्चिम् तर्फ जाँदै गरेको लु २ ख ५७५३ नम्बरको बसले कोहलपुर नगरपालिका वडा न -३ निवासी ६८ बर्सिया साईकल यात्री चन्द्रश्वर चालिसेलाई ठक्कर दिदा टाउकोमा गम्भीर चोट लागेको र उपचारको लागि नेपालगन्ज मेडिकल कलेज कोहलपुर दस्बिगा अस्पताल लगिएको थियो चालिसेको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरिले जनाएको छ । उक्त बस र बस चालक अहिले ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको छ ।