कोहलपुर किरण नाला म्याजिक दुर्घटना मदनचोककी कौसिल्या शाहिको मृत्यु

कोहलपुर,बाँके:आईतवार दिउसो दुर्घटनामा परेको म्याजिकमा सवार कोहलपुर ३ मदनचोक निवासि ८१ बर्षिय बृद्धा कौशिल्या शाहिको उपचारका क्रममा आज सोमवार विहान नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएको उपचारमा संलग्न चिकित्सकहरुले कोहलपुर ग्यालरिलाई बताएका छन ।

बर्दियाको बाँसगढीबाट नेपालगञ्ज तर्फ आउदै गरेको भे १ ज १२०७ नम्बरको म्याजिक कोहलपुर ४ किरणखोला नजिकै दुघर्टना आईतवार दिउस दुर्घटना भएको थियो ।

ओभर स्पिडमा रहेको म्याजिक सडकबाट खेतको खाल्टोमा खस्दा गाडिमा सवार ८ जना घाईते भएको थिए । घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर पठाईएको भएपनि थप उपचारकालागि शाहिलाई नेपालगञ्ज नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा उनको निधन भएको चिकित्सकहरुले वताएका छन । अन्यको अवस्था सामान्य रहेको र उपचार भईरहेको प्रहरीले जनाएको छ । म्याजिक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको वताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »