बाँके कोहलपुरमा -११ कृषि चोक नजिक भेरी शीत भण्डार छेउमा कोहलपुरकै सबै भन्दा ठुलो सुबिधा सम्पन्न क्याफे सहितको स्मार्ट कोहलपुर स्केट पार्क यहि श्रावण १३ गते बाट संचालनमा आउन लागेको छ । साथै पहिलो २५ लक्की ग्राहकलाई १ महिना सम्म टिकट रकम मात्र ५० रुपैया लाग्ने आयोजकले बताउनु भएको छ ।पछिल्लो समय स्केटिङ युवाहरुमा निकै लोकप्रिय खेल रहेको छ । यसबाट शारिरिक ब्यायाम पनि हुने र फुर्सदको समय सदुपयोग साथै रमाईलो पनि हुने भएकाले कोहलपुरमा स्मार्ट कोहलपुर स्केट पार्क संचालमा ल्याईएको आयोजकको भनाई छ।
