बाँकेको कोहलपुर वडा नं.२ मा रहेको लक्ष्मि मावि बर्दहवामा भ्रष्टाचार भएको भन्दै अख्तियारमा उजुरी दर्ता भई सार्वजनिक भई सक्दा पनि कारवाहिको प्रक्रियामा नगएको भन्दै आज अनेरास्ववियु बाँकेले शुक्रवार कोहलपुरमा रहेको नगर शिक्षा शाखामा ज्ञापन पत्र बुझाईएको छ ।

विद्यालयको सरकारी अनुदान लगायत सार्वजनिक सम्पत्ति बिभिन्न तवरबाट हिनामिना भएको तथ्य सहित पेश गरिएको उजुरीमा आर्थिक बर्ष ०७७ ०७८ को लेखा परिक्षणबाट देखिएको नगद रु २३ लाख ५० हजार विद्यालयको नगद खातामा जम्मा गरि अपचलन गरेको ठोकुवाका साथ स प्रमाण समाचार समेत प्रकाशित गरे पश्चात पनि कोहलपुर नगरपालिका तथा सो मातहतको निकाय नगर शिक्षा शाखा मौन रहदै आएको छ ।
हालको ब्यबस्थापन समिती र प्रधानाध्यापकले अशुल उपर गर्न लगाएको गोप्य सुचना पाएका उजुरीकर्ताले हदै सम्मको कानुन सम्बत कारबाहिका लागि उजुरीमा दलिल पेश समेत पेश गर्दै अख्तियार अनुसन्धान आयोगमा उजुरी दिईसकेका छन ।
तत्कालिन प्रधानाध्यापक बद्रिनाथ सापकोटा र तत्कालिन विद्यालय ब्यबस्थापन समितीलाई बिपक्षि बनाई आबश्यक अनुसन्धान गरि कारबाहि गर्न भन्दै उजुरी गरिएको तथ्य फेला परेर सार्वजनिक भएपनि राजनैतिक आड भरोसामा भ्रष्टाचार आरोपि सापकोटा भने निर्लज्ज कोहलपुर नगर परिसरमै भेटिन्छन ।
हदको पनि पराकाष्टा नाघेको भन्दै आज शुक्रवार अनेरास्ववियुले बाध्य भएर कारवाहि तथा सत्य तथ्य छानविनका लागि भन्दै नगर शिक्षा प्रमुख राम बहादुर हमाल समक्ष ज्ञापन पत्र बुझाईएको अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकर्ले बताए ।
भ्रष्टाचारको बिषयलाई गम्भिरतापुर्ण तरिकाले लिई सम्वन्धित सवै दोषि उपर कारवाहिको माग राखेको अनेरास्ववियुले आफना मागलाई वेवास्ता गरे चरणबद्ध आन्दोलमा उत्रने समेत चेतावनि दिएको छ ।
छानविन तथा कारवाहिको प्रक्रियामा नगई विद्यार्थीहरुले गर्ने आन्दोलन र आन्दोलनवाट सिर्जना हुने सवै प्रकारको जिम्मा सम्वन्धित निकायले लिनुपर्ने भन्दै अनेरास्ववियुले आफनो मागलाई कोहलपुर नगर पालिकालाई बोधार्थ दिई पेश गरेको छ ।
ज्ञापन पत्र बुझदै नगर शिक्षा प्रमुख राम बहादुर हमालले विद्यार्थीहरुलाई तपाईको काम गर्दै गर्दा मेरो ज्यु धनको सुरक्षा तपाई गर्न सक्नु हुन्छ भन्दै आफु असुरक्षित रहेको भाव ब्यक्त गरेका छन । उनले काम गर्ने वातावरण नभएको औंल्याउदै यस्ता भ्रष्टहरुलाई आफुले पनि जरैदेखि उखेल्न चाहेको भएपनि उपयुक्त वातावरण नभएको उल्लेख गरेका छन । यसो भन्दै गर्दा म कसैलाई दोष दिन चाहन्न यो देश हाक्ने पार्टीहरुकै अर्कमन्यताका कारण काम गर्ने वातावरण नभएको उल्लेख गरेका हमालले आफनो दरबन्दि समेत यहा नभएको र आफुले नगरपालिकाबाट समेत तलव नखानुका साथै कुनैपनि अधिकार आफुमा नरहेको प्रष्ट पारेका छन ।
