अनेरास्ववियु बाँकेले बुझायो जिल्ला प्रशासन मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र

अनेरास्ववियु जिल्ला कमिटी बाँकेले आज जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाएको छ

मिति २०८० पौष १३ मा बालकुमारी ललितपुरमा भएको आन्दोलनको क्रममा EPS परीक्षा दिन गएका सुजन राउत र बिरेन्द्र शाहको मृत्यु भएकोमा उक्त घटनाको सत्य तथ्य छानविन गर्न उच्च अदालतका पूर्व न्यायधीश शेखर प्रसाद पौडेलको अध्यक्षतामा गठित जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष अनुसार सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको कमजोरीको कारण घटना घटेको र उक्त प्रतिवेदन बुझाइएको ४ दिन बितिसक्दा पनि सरकार मौन बसेकोमा अनेरास्ववियु बाँकेको गम्भीर ध्यानाकर्षण भएको छ। अविलम्ब मन्त्री प्रकाश ज्वालालाई बखस्ति गर्न तथा संलग्न जो कोही भए पनि आवश्यक कानुन बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाउन सरकारसँग अनेरास्ववियु बाँकेले जोडदार माग गरेको छ। यस घटनाका दोषीलाई उन्मुक्ति दिने गरी प्रतिवेदनलाई मन्त्रालयको दराजमा मात्र नथनकाउन तथा यस प्रकारका घटनालाई गम्भिरतापूर्वक लिन गठबन्धन सरकारलाई चेतावनी समेत दिन अनेरास्ववियुले दिएको छ । दोसीहरू उपर कार्बाही नगरिए अनेरास्ववियु बाँकेले आन्दोलनको आधिबेरी सिर्जना गर्ने र यसको जिम्मेवारी सम्बन्धि निकायले लिनुपर्ने भन्दै आज बिज्ञप्ती मार्फत ध्यानकेन्द्रीत गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Translate »