अनेरास्ववियु ठाकुरबाबा नगर कमिटी बर्दियाले ठाकुरबाबा नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ

गत वर्ष शिक्षा दिवसबाट ठाकुरबबा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १२ सम्म नि-शुल्क शिक्षा हुनेछ भनि ठाकुरबाबा नगरपालिकाले घोषणा गरेता पनि अहिले सामुदायिक विद्यालयहरुले नगरपालिकाको घोषणा विपरीत कक्षा १ देखि कक्षा १० सम्म वर्षको दुई पटक अवैधानिक तरिकाले धमाधम विना रसिद परीक्षा शुल्कका नाममा शुल्क उठाई रहेको प्रमाण अनेरास्ववियु ठाकुबाबा नगर कमिटीले फेला परेको हुदा आज अनेरास्ववियु ठाकुरबाबा नगर कमिटीले विभिन्न माग सहित ठाकुरबाबा नगरपालिकालाई ज्ञापनपत्रस बुझाएको अनेरास्ववियुका नेता आर्जन रिजालले जानकारी दिनुभएको छ।
मागहरु:-
१.गत वर्ष शिक्षा दिवसबाट ठाकुरबाबा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि कक्षा १२ सम्म नि-शुल्क शिक्षा भनि घोषणा गरेको यथाशिघ्र लागु गर्नु पर्ने ।
२. परीक्षा शुल्काको नाममा उठाइएको रकमको अनिवार्य रुपमा विद्यार्थीहरुलाई रसिद उपलब्ध गराउनु पर्ने ।