कोहलपुर,बाँके: बाँकेमा भएको अत्याधिक गर्मिले नागरिकहरुले अकालमै ज्यान गुमाउन थालेका छन । गत राति नेपालगञ्ज – १ स्थाई घर भई माईतीमा बस्दै आएकी कोहलपुर १२ चप्परगौरीका ४१ बर्षिया मुना शर्मा र कोहलपुर ११ लोकनगरका ८१ बर्षिय नोथी थारुको गर्मिका कारण निधन भएसंगै बाँकेमा अत्याधिक गर्मिले मृत्यु वरण गर्नेहरुको संख्या ४ पुगेको छ । यस अघि खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको मृत्यु भएको थियो । उनी शुक्रवार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए। सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएका थिए ।
त्यसैगरि गर्मिकै कारण नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको थियो ।
गत राती मृत्यु भएकी मुना शर्मा गौतम दिनमा कामको शिलसिलामा बिभिन्न स्थानमा पुगेर साँझ घर पुग्दा एक्कासि मुुटु दुखेर रगत बमविट गरे संगै मृत्यु वरन गर्न पुगेको स्थानियहरुले कोहलपुर ग्यालरी लाई वताएका छन ।